इनरुवामा सरोकारवालाद्वारा बृहत सरसफाई वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवा,। सुनसरीको इनरुवामा संविधान दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत सरोकारवालाहरुद्वारा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संविधान दिवस, २०८० मूल समारोह समिति सुनसरीको आयोजना र जिल्ला समन्वय समिति सुनसरी, जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका तथा जिल्ला अस्पताल सुनसरी इनरुवाको समन्वयमा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

इनरुवा नगरपालिकाको प्रवेशद्धारको शहीद गेटबाट सुरु गरिएको सरसफाई कार्यक्रम बजार लगायत आसपासको क्षेत्र र महानन्द पार्कमा सरोकारवालाहरुले सरसफाई गरिएको संविधान दिवस, २०८० मूल समारोह समिति सुनसरीले जनाएको छ ।

सो समितिले इनरुवा स्थित भगवति माध्यमिक विधालयको प्राङ्गणभित्र सरसफाईसहित गरिएको वृक्षारोपणमा ५० भन्दाबढी विरुवा रोपिएको छ ।

यसैगरी संविधान दिवसको अवसरमा जिल्ला अस्पताल सुनसरी इनरुवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत संकलन भएको जिल्ला अस्पताल सुनसरी इनरुवाकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीया पंगेनीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा १४ पिन्ट पिआरपी र ३ पिन्ट सिंगल ब्याग गरी १७ पिन्ट रगत संकलन भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी, उपप्रमुख बिनिता मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी प्रहरी प्रमुख विपिन रेग्मी, मानवअधिकारकर्मीहरु मेघराज न्यौपाने, धिरज भट्टराई लगयतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Related Posts