नसीम अन्सारी
इनरुवा,। सुनसरीको भोक्राहा नरसिंहमा जनताको गुनासो सुन्दै स्थानीय सरकार लोकतन्त्रमा जनतासँगको जवाफदेहिता हुनुपर्ने गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले बताएको छ।
स्थानीय सरकारले बर्षभरी गरेका बिकास योजनाका कामहरुलाई के कसरी सम्पन्न गरेको छ भन्ने बिषयमा पारदर्शिता ल्याउन भोक्राहा नरसिंह गाउँपालिका वडा नं-३ मा आइतबार जनतासँग अध्यक्ष कार्यक्रम आयोजना गरि जनताको गुनासो सुनेर सम्बोधनको प्रतिवद्धता जनाएको हो।
जनतासँग अध्यक्ष भएको कार्यक्रममा बोल्दै अध्यक्ष अजादले लोकतन्त्रमा पारदर्शिता र लोकतन्त्रमा जनतासँगको जवाफदेहिता हुनुपर्ने उनले बताए ।
जनतासँग डराउनेहरु जनप्रतिनिधि र लोकतन्त्रबादी हुन नसक्ने भन्दै विकासका काममा भएका कमि कमजोरी सच्याउन र जनताका गुनासा सुनेर पारदर्शी ढंगले काम गर्न वडा अध्यक्षहरुलाई आग्रह समेत गरेका थिए ।
भोक्राहा नरसिंहका बस्ती र गाउँहरुका चौकमा लाइट जडान गरि अध्यारो मुक्त गरि उज्यालोमा परिवर्तन गरेको हो। जनताहरुले स्थानीय सरकारसँग गुनासो राख्दै आफ्नो गाउँको केही बाटोहरु अपुर्ण भएको र पालिका सरकार आएपछि सन्तोषजनक काम भएको र वडा स्तरमा धेरै महत्वपूणर् कामहरु भएकोमा स्थानीयवासीहरुले खुसी पनि प्रकट गरेका छन् ।
कार्यक्रममा सहभागि अधिकांश नागरिकहरुले पालिका र वडा सरकारले हालसम्म गरेका बिकास योजनाहरुका बारेमा सकारात्मक सल्लाह दिदै आफ्ना गुनासा तथा टिप्पणिहरु राख्दै पारदर्शिता अपनाएर काम गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष धिरेन्द्र यादवले जनताहरुको गुनासो सुन्न र आफूले गरेका कामहरुको समिक्षा गरी आगामी दिनमा जनताका जायज मागहरुलाई वडा कार्यालयले सुन्ने प्रतिबद्धता जाहेर गरेको छ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर अजाद, उपाध्यक्ष सुनिता उराँव, वडा नं ३ का वडा अध्यक्ष धिरेन्द्र यादव, कार्यपालिका सदस्य रामेश्वर खत्वे, नेपाली काँग्रेस भोक्राहा नरसिंहका सचिव असफाक अन्सारी, नेपाली काँग्रेस वडा नं-३ का
सभापति देवकुमार मण्डल, सहसचिव बैजु मण्डल र स्थानीय नेता तथ कार्यकर्ता वडावासी लगायतको सहभागी रहेको थियो ।
Discussion about this post