सुनसरी,। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।
प्रदेश प्रमुख खापुङले कार्कीलाई गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ (३) बमोजिम कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
शनिबार कार्कीले प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय थियो । विश्वासको मत प्राप्त गर्ने संकेत नदेखिएपछि कार्कीले राजीनामा दिएका हुन् । कोशी प्रदेशमा अब संविाधानको धारा १६८ (५) अनुसार सरकार गठन हुनेछ ।
Discussion about this post