नसीम अन्सारी
इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष जनताका घर घरमा जाँदै नागरिकका गुनासो सुन्दै कार्यक्रम निरन्तर गरि रहेको छ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले भने जनताको घर घरमा जान्छु, आलोचना सुन्छु र त्यसको आधारमा थप कार्यक्रम र योजना बनाएर अघि बढ्छु, उहाँले भन्नुभयो ।
समाजका सबै उमेरका मानिसहरु खास गरि सार्वजनिक कार्यक्रममा आएर आफ्ना समस्या बताउन नसक्ने आफ्ना गुनासा राख्न नसक्ने र आफुलाई लागेका सुझाव दिन नसक्ने नागरिकलाई प्राथमिकताका साथ भेट्ने र उहाँहरुसँग व्यक्तिगत र सामूहिक रुपमा अनतरक्रिया गरि सुझाव संकलन गर्ने अजादले बताउनुभयो ।
त्यसको लागि गाउँ-समाजका वृद्धिजिवि, समाजसेवी, किसान, बुढाबुढि, एकल महिला, संघ संस्था, शिक्षक विद्यालयमा पुगेर विद्यार्थीहरुसँग कुरा गर्छु। दाजुभाइ, दिदीबहिनीसँग कुरा गर्छु। साना विद्यार्थी भाइ-बहिनीसँग कुरा गर्छु। उहाँहरुको सबैको दिमाग गाउँको विकासमा प्रयोग गर्ने प्रयन्त गर्छु, उहाँले भन्नुभयो ।
गाउँ कार्यपालिकाको नियमित कामलाई असर नपर्ने गरि आफू जनताकै घर आँगनमा हुने उहाँले बताउनुभयो । पालिकाको नियमित काम बाहेकको बाँकी समय जनताकै घर आँगनमा पुगेर छलफल गर्ने योजना बनाएको छु।
सो कामको सुरुवात गरिसकेको छु, अजादले भन्नुभयो । उहाँले भन्नुभयो हाम्रो नेतृत्वमा पालिकाका उपाध्यक्षसहित सम्बन्धित वडाका जनप्रतिनिधि र पार्टीका पदअधिकारीहरुको टोेलीले जनताको घर आँगनमै पुगेर समस्या र गुनासो सुन्दै अगाडि बढिरहेका छु।
तुरुन्तै समाधान हुने समस्या र गुनासोलाई हल गर्दै जटिल समस्या र गुनासोलाई टिपोट गर्दै वडा र पालिकामा बृहत् छलफल गरि योजनामा राखेर समाधान गर्ने उहाँले बताउनुभयो ।