भोक्राहामा विधुत सर्ट भई आगलागी हुदाँ तीन लाख भन्दा बढीको क्षति, नेपाल रेडक्रसद्वारा राहत समाग्री वितरण

इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मा आगलागी हुदाँ तीन लाख भन्दा बढीको क्षति भएको छ ।

भोक्राहा नरसिंह-२ का उसमान मियाँको घरमा हिजो विधुत सर्ट भई आगलागी हुदाँ लत्ताकपडा, काठको समाग्रीसहित घर पूर्णरुपले जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ ।

मियाँको घरमा आगलागी हुदाँ १ वटा गाई जलेर घाइते समेत भएको छ । आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले राहत समाग्री उपलब्ध गराएको छ ।

आगलागी पीडित पारिवारलाई कम्मल २ वटा, त्रिपाल १ वटा, साडी सेट, विद्यालय पोशाक, भाडावर्तन, प्लाष्टिक बाल्टिन लगायतको राहत समाग्री वितरण गरिएको नेपाल नेपाल रेडक्रस सोसाईटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालले जानकारी दिनुभयो ।

आगलागीपछि कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, नेपाल मुस्लिम संघ सुनसरीका सभापति तथा भोक्राहा नरसिंह वडा नम्बर-४ का वडाध्यक्ष हारुण अन्सारी, वडाध्यक्षहरु आलम अन्सारी र सेराजुद्धिन अन्सारीले निरीक्षण गर्नुभएको थियो ।

त्यसैगरी तरुण दलको केन्द्रिय सदस्य सुनिल कुमार साह, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर-४ का सचीव जुगेश्वर यादव, पूर्ब सचीव राजेन्द्र प्रसाद मेहता, नेपाली कांग्रेस वार्ड न ६ का सभापति जमालुद्दिन मन्सुरी लगायतकाले समेत निरीक्षण गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Related Posts