हरियाली बनमा हरिनगर गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न

भुटाहा,। सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन हरियाली बनमा सम्पन्न भएको छ ।

हरिनगर गाउँपालिका-५ बसन्तपुरको हरियाली सामुदायिक बनमा आन्तरिक पर्यटन प्रवर्धन सहित सोही वनमा चालु आर्थिक वर्ष ०८०÷०८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

गाउँ सभामा आ.व. २०८०÷०८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०÷०८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन गाउँपालिकाले प्रस्तुत गरेको थियो ।

प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँसभाका सदस्यहरुलाई ३ मिनेटको समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संसोधनहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

सभा सदस्यहरुले सार्वजनिक सेवालाई गुणस्तर, सर्वसुलभ र कम खर्चिलो बनाउनुपर्ने, भएको राम्रा अभ्यासहरुलाई सबैतिर विस्तार गर्नुपर्ने, बाकी रहेका सडकबाटोहरुको स्तोरोन्नती गर्नुवर्ने, घरघरमा सुशासनको अनुभुती, स्वास्थ्य, शिक्षा तथा रोजगारका लागि थप कार्यक्रमहरु संञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

आर्थीक तथा समाजिक समस्याहरुलाई न्यूनिकरण गरि स्वस्थ्यपूर्ण समाज निर्माणमा सबैले भूमिका खेल्नुपर्ने र रिङ्ग रोडको अवधारणा र कार्यान्वयन सम्बन्धमा सडक सञ्जालबाट जोडदै सबै नागरिकलाई सडक सुविधा पुर्याउनुपर्ने सुझाव दिएका थिए ।

सबै राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा गाउँपालिकाले आफ्नो हिउदे गाउँसभा सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।

अंसारीले सबै वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरुले राखेको जिज्ञासाको जावाद दिनुहुदै विकासका लागि बजेट आवश्यक भएपनि चाहिने जति बजेट नआएकाले समस्या भएको बताउनुभयो । उहाँले राजस्व बाडफाडको रकम समेत समयमा नआएकाले सन्तोशजनक रुपमा विकासका गतिविधि अगाडि बढाउन समस्या भएको बताउनुभयो ।

सभाले गाउँकार्यपालिकाले गरेका सम्पूर्ण निर्णयहरु, आर्थिक वर्ष २०८०÷०८१ को हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८०÷०८१ मा गाउँकार्यपालिका बैठकले पारित गरेको गरेको प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले जानकारी दिनुभयो ।

सभामा सभा सदस्यहरु प्रविण प्रसाद गुप्ता, देवनारायण मेहता, सिकलमलाल यादव, मोजोमिल खाँ, नेकपा एमालेका श्रीकृष्ण मेहता, नेकपा माओवादी केन्द्रका भगवती प्रसाद महतो, नेपाली काग्रेंसका सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) का उपसभापती शिवहरि श्रेष्ठ सहितले अधिवेशनका बारेमा बोल्नुभएको थियो ।

सभा गाउँपालिकाका अध्यक्ष गफार अंसारीको अध्यक्षतामा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत मगरले जानकारी दिनुभयो ।

Related Posts