भुटाहा,। सुनसरीको हरिनगरमा १४ औं राष्टपति शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
हरिनगर गाउँपालिकाले आयोजना गरेको १४ औं राष्टपति शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता मंगलबार एक कार्यक्रमबीच सम्पन्न भएको हो ।
पालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुलाई १४ औं राष्टपति शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगितामा सहभागी गराएको हरिनगर गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका सदस्य अजित कुमार मल्लिकले बताए ।
मल्लिकका अनुसार खेलकुद प्रतियोगितामा सहभागी विद्यालयहरुका विजेता विद्यार्थीहरुलाई पुरस्कार ,प्रमाण पत्र र मेडलसहित राष्टपति शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् ।