भोलीदेखि हिउँदे अधिवेशन सुरु, सभामुखद्वारा बैठक कक्ष अवलोकन

काठमाडौं,। संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् ।

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षको अवलोकन गरेका हुन् ।

सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।

Related Posts