राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगीता २०८० सम्पन्न

इनरुवा,। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका-१ स्थित जेल फिल्डमा राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगीता २०८० सम्पन्न भएको छ ।

इनरुवा नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगीता २०८० सम्पन्न भएको हो । प्रतियोगीता अन्तर्गत राष्ट्रपति कपको कबर्डी खेलमा छात्रा तर्फ शारदा मावि बलाहा प्रथम भएको छ ।

फाईनल खेलमा छात्रा तर्फ स्मल हावेन स्कूल द्धितिय र सरस्वती मावि बबिया तृतिय भएको इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले जानकारी दिनुभयो ।

त्यसैगरी छात्र तर्फ स्मल हावेन स्कूल प्रथम, शारदा मावि दोस्रोत र सेम्बोसिश स्कूल तेस्रो भएको उहाँले बताउनुभयो । भलिबल छात्र तर्फ सूर्यकिरण एकेडेमी प्रमथ र कोशी पब्लीक स्कूल द्धितिय भएको आयोजक समितिका बोधराज घिमिरे जानकारी दिनुभयो ।

विभिन्न खेलमध्ये ८०० मिटरको दौडमा दिपेन यादव प्रथम, छात्रा तर्फको १५०० मिटर दौडमा आरती यादव दोस्रो, ज्याभ्लिङ थ्रोमा दिपेन यादव प्रथम, २०० मि. दौड हिट्समा किरण शर्मा, रिले दौडमा छात्रा हिट्स, रिले दौड छात्र हिट्स भएको छ ।

प्रतियोगीतामा बिजयी भएका प्रतियोगीलाई शिल्ड र प्रमाणपत्र बितरण गरेको इनरुवा नगरपालिकाले जनाएको छ । समापन कार्यक्रम इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतियोगीतमा निजि तथा सामुदायिक विद्यालयका माविमा अध्यनरत बालबालिकाको सहभागीता रहेको थियो । शिक्षासंगै खेलको पनि त्यतिकै महत्व भएका कारणले इनरुवा नगरपालिकाको प्रतियोगीताको आयोजना गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

Related Posts