इनरुवा,। सुनसरीको इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोला निर ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा १ करोड ९९ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ परेको छ।
भण्टावारीबाट इनरुवातर्फ आइरहेको बिआर ११ एक्स ३४२९ भारतीय नम्वरको स्कारपियो भित्र झोलामा लिएर आइ रहेका बेलामा चेकजाँच गर्ने क्रममा १ करोड ९९ लाख नेपाली नक्कली रुपैयाँ सहित सवारीसधान र चालकलाई पक्राउ गरेको स्थानीयवासीले बताएका छन् ।
पक्राउ परेकाको बिषयमा बिस्तृत विवरण आउन बाँकी रहेको छ भने सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनीक गर्ने तयारी गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो।