सुनसरी,। धनकुटाको भेडेटारबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरमा लोड गरेको झण्डै ६ सय किलो गाँजा बरामद भएको छ ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरमा ५ सय ९४ किलो लुकाई छिपाई लैजान लागेको प्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले बुधबार राती २ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चौकमा उक्त गाँजा बरामद गरेको हो ।
मुलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङकरमा गाँजा लोड भएको पाइएको । ट्याङकरको तेल लगाउने डिब्बाभित्र गाँजा राखेको अवस्थामा थियो ।
गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह(चालक एम।डि। अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महत्तो र रंगेली नगरपालिका-७ मोरङका ७० वर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।