समाचार हुबहु कपि पेस्ट गर्न १८३ अनलाइन सञ्चारमाध्यमलाई कार्वाही

सुनसरी,। देश भरमा पछिल्लो डेढ वर्षमा हुबहु समाचार कपि पेस्ट गर्न १८३ अनलाइन सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले कार्वाही गरेको छ ।

काउन्सिलले एक प्रेस विज्ञप्तिमार्फत गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यमलाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको छ भने ११ वटालाई सचेत गराइएको छ । मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेब पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ, काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठक बसेको थियो । बैठकले हुबहु समाचार सार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ ।

Discussion about this post

No comments to show.

Related Posts