भुटाहा बजारमा स्मार्ट सडक बत्ती, प्रमुख जिल्ला अधिकारी आचार्यले गरे उद्घाटन

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-२ स्थित भुटाहा बजारमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।

हरिनगर गाउँपालिका क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्घाटन गरेका हो।

हुलाकी सडक अन्तर्गत हरिनगर गाउँपालिका क्षेत्रको सडक बत्तीको आइतबार साँझ पालिका अध्यक्ष हाजी गफार अन्सारी र प्रमुख जिल्ला अधिकारी आचार्यले संयुक्त रुपमा बत्तीको स्विच अन गरि उद्घाटन गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरणको ४० तथा हरिनगर गाउँपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम सम्पन्न भएपछि उद्घाटन गरिएको हो।

स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष हाजि गफार अन्सारीले भने तिनै तहका सरकारबीच समन्वय भए विकासले फड्को मार्ने बताए ।

अध्यक्ष अन्सारीले भने संघीय र प्रदेश सरकारसँग भौतिक पूर्वाधार विकास निर्माणमा स्थानीय तहसँग साझेदारी गर्न तयार रहेको बताए।

अध्यक्ष अन्सारीले भने म राजनीतिमा आउनुको लक्ष्य नै विकासको अगुवाइ गर्न हो, त्यसका लागि तिनै तहका सरकारसँग समन्वय गरि मेरो लक्ष्य पूरा गर्छु।

हरिनगर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ७ वटै वडामा सडकमा पहिलो चरणको हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गर्ने काम पूरा गरेको हो।

हरिनगर गाउँपालिका भरिका बजार तथा चौकमा स्मार्ट सडक बत्तीले झिलिमिली भएको पालिका अध्यक्ष हाजी गफार अन्सारीले बताए ।

बजार क्षेत्रमा रातिको समयमा हुने चोरी तथा दुर्घटना न्यूनीकरण गर्न उद्देश्यले स्मार्ट सडक बत्ती जडान गरिएको हो। पहिलो चरणमा वडा नम्बर १ र २ भुटाहामा ११६ पोलमा ११६ वटा लाइट जडान गरिएको छ।

स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको अध्यक्ष अन्सारीले बताएको छ।

दोस्रो चरणको काम अन्तर्गत हुलाकी सडक, बजार र चोकमा हाईमास्ट लाइट जडानको काम गरिरहेको छ। १२ वटा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको उनले बताए ।

स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजि गफार अन्सारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, सुनसरीका प्रमुख, नेपाली काँग्रेस हरिनगरका पार्टी सभापति नुन अन्सारी, सचिव सलामुद्दीन अन्सारी र स्थानीयवासी लगायतको सहभागी रहेका थिए।

Discussion about this post

No comments to show.

Related Posts