उज्यालो हरिनगर अभियान, १२ स्थानमा हाइ माक्स टावर लाइट जडान

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा ७ वटै वडाको १२ स्थानमा हाइ माक्स टावर लाइट जडान गरेको छ।

गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सोमबार पालिका भरि जडान गरिएको हाइ माक्स टावर लाइट सडक बत्तीको अनुगमन गरेको हो।

अनुगमनका क्रममा हरिनगर गाउँपालिकाको मुख्य बजार र चौकका सडकहरुमा हाइ माक्स टावर लाइट स्मार्ट बत्ती जडानपछि अध्यक्ष अन्सारीले स्मार्ट सडक बत्ती बालेर उज्यालो हरिनगर अभियान सुरु गरेको छ।

उज्यालो हरिनगर अभियान अन्तर्गत पालिकाको ७ वटै वडामा १२ स्थानमा सडक बत्ती जडान गरिएको अध्यक्ष अन्सारीले बताए।

अध्यक्ष अन्सारीका अनुसार हरिनगर गाउँपालिका वडा नं-१ स्थित हनुमान मन्दिर अगाडि हुलाकी सडकमा, वडा नम्बर २ स्थित भुटाहा बजारबाट घुस्की तथा हरिनगरा जाने हुलाकी सडकमा हाइ माक्स टावर लाइट सडक बत्ती जडान गरिएका छन् ।

त्यसैगरी हरिनगर वडा नम्बर २ स्थित स्वास्थ्य चौकी अगाडि पनि हाइ माक्स टावर लाइट सडक बत्तीको जडान गरिएको छ।

हरिनगर वडा नम्बर-३ गौतमपुरको नयाँ हाटमा हाइ माक्स टावर लाइट सडक बत्ती जडान गरिएको छ। त्यस्तै हरिनगर वडा नम्बर-४ स्थित शिव मन्दिर अगाडि हुलाकी सडक र बजार जाने सडकमा हाइ माक्स टावर लाइट जडान गरेको छ।

त्यसैगरी हरिनगर वडा नम्बर ५ स्थित वसन्तपुरमा दुर्गा मन्दिर अगाडि भुटाहा-घुस्की र वसन्तपुर-हरिनगरा सडकमा पनि हाइ माक्स टावर लाइट सडक बत्ती जडान गरिएको छ।

त्यस्तै हरिनगर वडा नम्बर ६ को अर्नमा र घुस्की बजारमा पनि हाइ माक्स टावर लाइट स्मार्ट सडक बत्ती जडान गरिएको छ। वडा नम्बर ७ घुस्की- घुरणा र घुस्की-देवानगंज सडकको मुख्य घुक्की बजारमा स्मार्ट सडक बत्ती जडान गरिएको छ।

त्यसैगरी हरिनगर वडा नम्बर ७ सिकारी टोलमा पनि हाइ माक्स टावर लाइट सडक बत्ती जडान गरिएको छ। त्यस्तै हरिनगर गाउँपालिकाको कार्यालय अगाडि पनि स्मार्ट सडक बत्ती जडान गरिएको अध्यक्ष अन्सारीले बताए।

सोलारभन्दा बिजुली किफायती हुने अध्ययनमा देखिएपछि बत्ती जडान गर्नेबारे कार्यपालिकामा छलफल गरेर उज्यालो हरिनगर अभियान सुरु गरेको अध्यक्षले बताए ।

सडक बत्ती जडान गर्ने प्रस्ताव राखेपछि हामीले यसबारे धेरै छलफल गर्यौं,’ उनले भने, ‘सोलार सिस्टमभन्दा बिजुली ९० प्रतिशत सस्तो हुने देखिएपछि हामीले यो निर्णय लिएका हौं।’

स्थानीय तह आउन साथ स्मार्ट सिटीु शब्दले प्रवेश पाएको थियो। स्मार्ट सडक, स्मार्ट यातायात, स्मार्ट बत्ती लगायत सबै संरचना स्मार्ट बनाउँदै लैजाने घोषणा गरेका थिए। स्मार्टको परिभाषा आममानिसले बुझिसकेका छैनन्। स्मार्ट सडक बत्तीमा पनि यही अन्यौल छ।

दिसो बत्ती स्वतः बन्द हुने र राति वा अन्धारो भएपछि आफै बलने अध्यक्षले स्मार्ट बत्तीको अर्थ खुलाए, ‘बन्द गर्न र खोल्न पनि बत्तीको पोलसम्म आउनु पर्दैन।’

‘सिसिटिभी क्यामराले गाडीको इम्बोज्ड नम्बर प्लेट पढ्न सक्ने गरी लाइट चालू हुनेछ। ’स्मार्ट सडक बत्तीबापत् मिटरमा उठेको रकम गाउँपालिकाले प्राधिकरणलाई भुक्तान गर्नेछ।

 

Discussion about this post

No comments to show.

Related Posts