भुटाहा,। सुनसरीको देवानगञ्ज गाउँपालिका-५ स्थित मकैबारीबाट ९८ केजी गाँजा प्रहरीले बरामद गरेको छ।
मकैबारीमा अवैध गाँजा लुकाईछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट प्रहरी टोलीले पुगेर उक्त ९८ केजी अवैध गाँजा बरामद गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला कार्यालय प्रहरी सुनसरीले जनाएको छ ।