सर्लाहीमा मन्दिरको मुर्ति तोडफोड गर्न हिन्दु सम्राट सेनाकै कार्यकर्ता बैठा पक्राउ

सर्लाही,। सर्लाहीको मलँगवा स्थित राजदेवी मन्दिरको मूर्ति तोडफोड गर्ने हिन्दु सम्राट सेनाकै कार्यकर्ता राकेश बैठा पक्राउ परेको छ।

सर्लाहीमा मन्दिरभित्रको मूर्ति तोडफोड गर्ने राकेश बैठा हिन्दु सम्राट सेना नेपाल संगठनसँग आवद्ध रहेको समाचार स्रोतले जनाएका छन् ।

सर्लाहीको मलँगवा स्थित राजदेवी मन्दिरको मूर्ति तोडफोड गर्ने मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा पक्राउ परेका छन्।

मूर्ति तोडफोड गरेको उनलाई बुधबार प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो। उनीविरुद्ध धर्मसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कार्वाही अगाडी बढाएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेको सबुत प्रमाणका आधारमा बैठालाई पक्राउ गरिएको सर्लाहीका एसपी श्याम कुमार महतोले बताए। प्रहरीले जिल्ला अदालत मलंगवाबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको छ।

मंगलवार राति मूर्ति तोडफोड भएपछि बुधबार हिन्दु सम्राट सेना नेपाल र स्थानीयवासीले कडा विरोध गर्दै मलंगवा बजार बन्द गराएका थिए।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ को धर्मसम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउने कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

Discussion about this post

No comments to show.

Related Posts