बर्जुमा भीषण आगलागी २७ घर जलेर नष्ट

भुटाहा,। सुनसरीको बर्जु गाउँपालिका-४ स्थित जयनगर मुस्लिम टोलमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएको छ ।

आईतबार दिउँसो ३ बजेपछि भीषण आगलागी हुँदा २७ वटा बढी घर जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ । स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो ।

आगलागीबाट सबै घर पूर्ण रुपमा जलेको सितागन्ज ईलाका प्रहरी कार्यालयका प्रहरी ईन्चाज प्रेम बहादुर राउतले जानकारी दिएका छन् ।

बस्तीमा भएको आगलागीलाई सितागन्ज ईलाका प्रहरी कार्यालयको टोली विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।

एकै ठाउँमा घरहरू टाँसिएका कारण आगो फैलिएको थियो । अधिकांश घरको बेरा बाँसको टाटी र फुसको छानो भएका कारण बस्ती नै आगलागीमा सखाप भएका छन् ।

Discussion about this post

No comments to show.

Related Posts