भुटाहा,। सुनसरीको बर्जू गाउँपालिकामा चैत्र ४ गते भएको आगलागीबाट पीडित परिवारलाई हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले व्यक्तिगत तर्फबाट पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
बर्जू गाउँपालिकाको वडा नं-४ स्थित जयनगर मुस्लिम टोलमा भएको आगलागीबाट पीडित १६ घर परिवारलाई राहत सामग्री प्रदान गरिएको अध्यक्ष अन्सारीले जानकारी दिएको हो।
जयनगर मुस्लिम टोलका स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको थियो । अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुस जस्ता सामग्री प्रयोग गरी बनाइएका भएकाले आगो चाँडैतिर फैलिएर धेरै घरमा क्षति भएको स्थानीयले जनाएका छन् ।
आगालागिमा घरसहित स्थानीयको अन्न,लत्ताकपडा लगायत धनमाल जलेर नष्ट भएको थियो । राहत सामग्रीमा चामल एक बोरा २५ किलो, खाने तेल एक लिटर, दाल एक किलो र नुन लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको अध्यक्षका स्वकीय सचिव शमिम अन्सारी जानकारी दिएको हो।
साथै पीडित परिवारहरुलाई पानी खानको लागि ४ थान टुबेल दिने अध्यक्ष अन्सारीले अश्वासन दिएका छन् । आगलागीबाट पीडित १६ घर परिवार गाउँपालिकाको समन्वयमा राहत सामग्री वितरण गरिएको हो ।
राहत सामग्री वितरण कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) का सचिव नईम अन्सारी, बर्जू गाउँपालिका कार्यवाहक अध्यक्ष नितु कुमारी चौधरी, पूर्व बर्जू गाउँपालिका अध्यक्ष रधुनन्दन चौधरी लगायतको उपस्थिति रहेको थियो ।