दुहबी,। सुनसरीको दुहबी नगरपालिका-२ स्थित मंगलबार तुताहा मुस्लिम टोलमा आगलागी हुँदा बारुण यन्त्रलाई फोन गर्दा समयमै नआपछि ४ घर जलेर नष्ट भएका थिए।
स्थानीयवासीहरुको अनुसार बरुण यन्त्र समयमा नआउदा आगलागीबाट ४ घर जलेर नष्ट हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको छ ।
उनीहरू भन्छ दुहबी नगरपालिकाका बारुण यन्त्रका चालक प्रताप राजवंशिले मादक पदार्थ सेवन गरेको कारण घटना स्थलमा आधा घण्टा ढिला पुगेको आरोप लगाएका छन् ।
बारुण यन्त्रका चालक प्रताप राजवंशि माथि मादक पदार्थको आरोप लागेपछि दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छ्दारले आफ्नो गम्भिर ध्यानाकर्षण भएको छ।
गच्छदारले भने चालक राजवंशिको लापरबाहीले गर्दा जनताको ठूलो धनजनको क्षती भएको हुनाले तत्काल बर्खास्त गर्न प्रमुख प्रशासकिय अधिकृतलाई निर्देशन दिएको छ ।
Discussion about this post