कोशी नदीबाट डुंगामा लैजाँदै गरेको १ सय ६४ किलो गाँजा बरामद

सुनसरी,। कोशी नदीबाट डुंगामा लैजाँदै गरेको १ सय ६४ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे १ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोसी नदीबाट गाँजा बरामद गरेको हो ।

डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको प्रहरीले जनाएको छ ।

गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने प्रहरी देखेपछि भागेको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद गरेको छ ।

Discussion about this post

No comments to show.

Related Posts