बराहक्षेत्रबाट २७ केजी २३० ग्राम गाँजा बरामद

फाइल तस्बिर

बराहक्षेत्र,। सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थितबाट बेवारिसे लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले बाटो छेउको खोल्सामा जेब्रा झोला बेवारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त झोलाबाट २७ केजी २३० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

गाँजा कसले राखेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts