भुटाहामा ईदको तयारी पुरा, भोलि बिहान साढे आठ बजे इदउलफित्रको नमाज हुने

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहामा रहेको ईदगाहमा इदउलफित्र (ईद) को नमाज पढ्ने तयारी पुरा भएको छ।

यस वर्ष भुटाहा ईदगाहमा ईदउलफित्र (ईद) को नमाज बिहान साढे आठ बजे हुने ईदगाह समितिका उपाध्यक्ष सेराज फलाहीले बताएको हो।

फलाहीका अनुसार आज बुधबार रमजान महिनाको ३० ‘रोजा’ अर्थात व्रत पुरा भएपछि इस्लाम धर्मावलम्वीहरुले भोलि बिहीबार ‘ ईदउत्रफित्र’ (ईद) देशभर मनाउने छन् ।

मुस्लिम समुदायले ‘ ईदउलफित्र’को नमाज सामूहिक भेला भई मस्जिद, इदगाहमा पढ्ने गर्छन । ईदको नमाज पढेपछि एकअर्कालाई अङ्कमाल गर्दै खुशी साटासाट गरी घरमा पकाएका विभित्र परिकार खाने गर्दछन् ।

Related Posts