इटहरीबाट लागूऔषध खैरोहेरोइनसहित चार जना पक्राउ

सुनसरी,।  इटहरीबाट लागूऔषध खैरोहेरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

खैरोहेरोइन खरिद बिक्री गरेको गोप्य सूचनाको आधारमा प्रहरीले इटहरी ६ बाट जेठ १५ गते मङ्गलबार चार जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाका वडा नं. ६ का जनक कुमार साहसमेतले लागूऔषध खैरो हेरोइनको खरिद बिक्री गर्ने गरेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

साहको कोठामा खान तलासी गर्दा सोही कोठामा रहेका रमेशकुमार श्रेष्ठ, राजकुमार खत्वे र जीवानन्द मेहेता रहेको र कोठामा रहेकामध्ये खत्वेले गोजीमा बोकेको joy HONEY & ALMONDS लेखिएको क्रिमको पहेलो बट्टामा सेतो प्लास्टिकमा पोको पारेर राखिएको १७ ग्राम २०० मिली ग्राम खैरोहेरोइनसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट सोही कोठाको खाटमुनी राखिएको डिजिटल पकेट तराजु ,पाचँ थान मोबाइल समेत बरामद गरिएको डीएसपी कार्कीले जानकारी दिए ।

पक्राउ परेका चारैजनालाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इटहरी प्रहरीले जनाएको छ ।

Discussion about this post

Related Posts