सत्ता समीकरण परिवर्तनसंगै गृहमन्त्री लामिछाने अत्तालियो: नेता कोइराला

इनरुवा,२० असार,। नेपाली काङग्रेसका केन्द्रिय सदस्य डाक्टर शशाङ्क कोइरालाले सत्ता समीकरण परिवर्तनसंगै गृहमन्त्री रबी लामिछाने अत्तालिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले बुधबार इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।

नेता कोइरालाले सत्ता समीकरण परिवर्तन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री लामिछाने आत्तिएको आरोप लगाउनुभयो ।

पार्टी पदाधिकारी बैठकपछि मङ्गलवार लामिछानेले दिएको यस्तो प्रतिक्रियालाई लक्षित गर्दै लामिछानेले सत्ता छाड्नुपर्दाको पिडा व्यक्त गरेको कोइरालाले आरोप लगाउनुभयो ।

काङग्रेस–एमालेबीचको नयाँ समीकरण बनेपछि नेकपा एमालेबाट मन्त्री भएकाले तत्काल राजीनामा दिनुपर्ने कोइरालाले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आलटाल गरेपछि एमालेले आफ्ना मन्त्री फिर्ता बोलाएर दबाब दिनुपर्ने कोइरालाको भनाई रहेको थियो ।

लोकतन्त्रको सुन्दरता भनेकै बलियो प्रतिपक्ष भएको बताउनुहुदै उहाँले दुई ठुला दल काङग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङका व्यक्त गर्नुभयो ।

लोकतन्त्र कमजोर बन्यो भने मुलुक एकतान्त्रिक शासन तर्फ जान सक्ने डर भएको नेता कोइरालाको भनाई थियो । कम्युनिस्ट पार्टीसँग मिल्नु हुँदैन भनेर आफूले बिगतदेखिनै भन्दै आएको बताउनुहुदै नेता कोइरालाले काङग्रेसकै कारण कम्युनिस्ट स्थापित भएको दाबी गर्नुभयो ।

संविधानमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहेको भनुहुदै यसमा सबैको साथ चाहिने कोइरालाले उल्लेख गर्नुभयो ।

Related Posts