धरानको घटनालाई लिएर पत्रकारका ४ संगठनको संयुक्त बिज्ञाप्ती

इनरुवा, २२ असार । सुनसरी धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले महिला सञ्चारकर्मी सञ्चिता धमलालाई प्रहरी बोलाएर घाईते हुने गरी लछार पछार गरिएको घट्नालाई पत्रकारका ४ वटा सङ्गठनले नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने प्रयास भएको ठहर गरेको छ ।

घटना लगत्तै संयुक्त वक्तव्य जारी गर्दै प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष सुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सभापति ध्रुव ढकाल, प्रेस सेन्टर नेपालका तीर्थ कार्की, समाजवादी प्रेस सङ्गठनका कोशी प्रदेश सचिव भोला श्रेष्ठले संयुक्त रुपमा व्यक्तव्य जारी गर्दै उक्त कुरा उल्लेख गर्नुभएको छ ।

संविधानको धारा १८ (२) (क) मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरिएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ ‘नगर प्रमुख हर्कराज राईले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेको हाम्रो ठम्याई रहेको जनाएको छ ।
नगर प्रमुख राईको निर्देशनमा सत्य तथ्य नबुझी सञ्चारकर्मी सञ्जिता धमला माथि नेपाल प्रहरीले गरेर हातपात गरेको घट्नामा धमलाको चस्मा फुटेको र शरीरको विभिन्न भागमा चोट पटक लागेको घट्नाको भर्त्सना गरिएको छ ।

यता सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले सञ्चारकर्मी धमला र प्रमुख राईको बीचमा बिबाद भएको र नेपाल प्रहरी तथा नगर प्रहरीले झगडा छुटाउने क्रममा बादबिबाद भएको बताउनुभयो ।

Discussion about this post

Related Posts