उदयपुर र झापाको छुट्टा-छुट्टै स्थानबाट लागूऔषधसहित तीन पक्राउ

सांकेतिक तस्वीर

विराटनगर,। उदयपुर र झापाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ४ स्थित ४० वर्षीय सुमन भट्टराईको घर खानतलासी गर्न क्रममा उक्त घरबाट १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर फेला पारी भट्टाराईलाई नियन्त्रणमा लिएको हो ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका ४ सालघारीस्थित अस्थाई प्रहरी पोष्ट बगाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ८६५९ नम्बरको माइक्रोमा सवार त्रियुगा ९ का २६ वर्षीय सञ्जीव परियार र २३ वर्षीय विशाल मग्रातीको साथबाट लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा डाईजेपाम,आईपिपिएल र फेनार्गन गरी जम्मा १ सय ९ एम्पुल प्रतिबन्धित औषधी बरामद गरी पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts