भोक्राहा नरसिंहमा धुमधामका साथ ३०औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

नसीम अन्सारी
इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका आदिवासी जनजातिले ३०औं विश्व आदिवासी जनजाति दिवस धुमधामसँग मनाइएका छन्।

शुक्रबार विश्व आदिवासी जनजाति दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिका-४स्थित चिरौली चौकमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन तथा सास्कृति कार्यक्रम गरी धुमधामसँग साथ मनाइएको हो।

मौलिक पोसाकमा सजिएका भोक्राहा नरसिंह गाउँपालिकाका-८ वटै वडा र टोलबस्तीबाट आदिवासी र जनजातिहरुले निकालिएको ¥याली विभिन्न ठाउँ हुँदै चिरौली चौकमा पुगेर भव्य मंच कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य हाजी डा. इस्राइल मन्सुरीले कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजातिहरूको उदगम स्थल, भाषा, धार्मिक रितीरिवाज, भेषभुषा जस्ता प्राचिन कुराहरूको उचित जगेर्ना गर्नका लागि राज्यले संरक्षकत्वको भूमिका निर्वाह गरी नागरिकहरूप्रति समान अधिकार प्रत्यायोजन गर्नुपर्नेमा विशेष जोड दिए ।

नेपालको भौगोलिकता अनुरूप जातीय वसोवास रहेको र आदिवासीहरूको आफ्नै मौलीक हक रहेको उहाँले बताए । अब आदिवासी जनजाति समुदायका युवायुवतीहरुले आफ्नो समुदायको मौलीक परम्परा भाषा, धार्मिक रितीरिवाज, भेषभुषा जस्ता प्राचिन कुराहरूको उचित जगेर्ना गर्नका लागि लाग्नुपर्छ उहाँले बताउनुभयो।

त्यसैगरी कार्यक्रमको बारेमा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घ भोक्राहा नरसिंहका अध्यक्ष ममता उराँवले मौलिक कला संस्कृतिको संरक्षण र युवापुस्तामा संस्कृतिक हस्तान्तरणमा टेवा पुग्ने उद्देश्यले पालिका स्तरमा सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको उहाँले बताउनुभयो।

जनजातिको संस्कृति झल्कने पहिरनसहित भोक्राहा नरसिंह गाउँपालिका भरिका सबै गाउँ, टोल र वस्तीबाट सहभागी भई निस्केको र्‍यालीले चिरौली चोकमा पुग्दा कार्यक्रममा परिणत भएको थियो।

कोशी प्रदेश सरकारले ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका छन्। कोशी प्रदेशमाआदिवासी जनतातिको बाहुल्य रहेको ठाउँ भएकाले पनि आज प्रदेश सरकारले बिदा दिएका हुन्।

आदिवासी जनजाति महासङ्घ भोक्राहा नरसिंहका अध्यक्ष ममता उराँवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य हाजी डा. इसराईल मंसुरीले गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य हाजी डा. इस्राइल मन्सुरी, विशिष्ट अतिथि नेपाली काङ्ग्रेस सुनसरी जिल्ला संगठनका सदस्य एवं सुनसरी क्षेत्र नम्बर-४ का सचिव राजेन्द्रप्रसाद मेहता, नेपाल मुस्लिम संघ सुनसरी जिल्लाका सभापति तथा भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारी, अतिथ जसपा नेपालका भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र प्रसाद यादव, नेकपा एमाले भोक्राहा नरसिंहका अध्यक्ष हेमनारायण मण्डल, नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन, नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका सचिव कृपाराम मेहता, ६ नम्बरका वडा सभापति जमालुद्दिन मन्सुरी, विरेन उराँव, ब्रहमदेव उराँव, ६ नम्बर वडा अध्यक्ष सराजुद्दिन अन्सारी, सन्जित उराँव, देवनारायण उराँव लगायत हजारौंको सहभागीता रहेको थियो ।

Discussion about this post

Related Posts