धरानबाट एक हजार ४ सय केजी गाजाँसहित २ जना पक्राउ

इनरुवा, ६ भदौ । सुनसरीको धरान उमहानगरपालिका-१३ स्थित सारङ्बाट प्रहरीले बिहीबार १ हजार ४ सय केजी गाँजा सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटा सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भूपेन्द्र राई रहेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिनुभयो ।

को १ ख ४७३३ नम्बरको ट्रकमा लोड गरेर धनकुटा तिरबाट ल्याउँदै गरेको अवस्थामा बिषेश सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले जेकजाच गर्ने क्रममा १ हजार ४ सय केजी गाँजा सहित २ जनालाई नियन्त्रणमा लिनका लागि सफल भएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

ट्रकलाई रोकेर खानतलासी गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा फेला परेको रेग्मीले बताउनुभयो ।
ट्रकबाट एक हजार चार सय २० किलोग्राम गाँजा बरामद भएको एसपी रेग्मीले जानकारी दिनुभयो ।

ट्रकमा मुला ओसारपसार गरेजस्तो देखाएर गाँजाको अवैद्ध धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ । गाँजा बरामद गरेर ट्रक नियन्त्रणमा लिएको प्रहरीले दुवै जना माथि अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।

Discussion about this post

Related Posts