अजितकुमार झा
इनरुवा, ११ भदौ,। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले नगर क्षेत्रका तीनजना गाई पालक किसानलाई गाई दुहने मेसिन प्रदान गरेको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को बजेटबाट नगर क्षेत्र भित्रमा रहेका पशुपालक किसानलाई आवश्यक्ताको अधारमा आफ्नो गाई फर्म व्यवस्थित बनाउन र दुध उत्पादन बढाउनका लागि सहयोग गर्ने क्रममा गाई दुहने मेसिन दिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।
३ जना किसानलाई ५० प्रतिशत अनुदानमा गाई दुहने मेसिन प्रदान गरिएको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले जानकारी दिनुभयो । आफ्नो गोठ तथा फर्ममा १० वटा भन्दा बढी गाई पालन गर्ने किसानलाई सहजताका लागि गाई दुहने मेसिन प्रदान गरेको किसान अनिली यादवले बताउनुभयो ।
हातले गाई दुहनका लागि किसानलाई ढिलो हुने र दुहुन समस्या रहेकोमा गाई दुहने मेसिनले सहज हुने प्रमुख भण्डारीले बताउनुभयो । सरकारी निकायबाट पहिलो पटक व्यसायिक किसानलाई एउटा गाई दुहन २० मिनेट सम्म लाग्ने, दुध समेत फोहोर हुन सक्ने सम्भावनालाई कम गर्न गाई दुहने मेसिन मिल्क एनेलाईजरले योगदान गर्ने पशु शाखा प्रमुख डा। राजकुमार यादवले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिकाले किसानको सहजताका लागि प्रदान गरेको गाई दुहने मेसिनले सहज हुने स्थानीय किसान राजेश्वर यादवले बताउनुभयो ।
गाई दुहनका लागि मेसीन नभएका बेलामा निकै समस्याको सामना गर्दै आएकोमा अबका दिनमा यो समस्या समाधान भएर जाने स्थानीय किसान अनिल यादवले जानकारी दिनुभयो ।