कोशी कटानमा चट्याङ लागेर एक जनाको मृत्यु

इनरुवा १४ भदौ,। सुनसरीको कोशी गाउँपालिका-४ स्थित कोशी कटानमा चट्याङ लाग्दा गम्भिर घाइते भएका स्थानीय अक्रम मियाँको मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका अक्रम मियाँलाई सप्तकोशी न्यूरो अस्पताल भोक्राहा नरसिंहमा उपचारको क्रममा आज (शुक्रबार) मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Discussion about this post

Related Posts