इनरुवा,। नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा युवा नेता डा. अबुल हुसैन अन्सारीले हिन्दूहरूको महान् चाड चौठचन्द्र (चौरचन) तथा हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी-बहिनीमा शुभकामना व्यक्त गरेका छन्।
अन्सारीले आज शुभकामना सन्देश जारी गर्दै सुख, शान्ति तथा समृद्धिको कामना गरी मनाइने चौठचन्द्र पर्व एवं पतिको दीर्घायुको कामना गरी मनाइने हरितालिका तीजले देशमै सुख, समृद्धि तथा शान्ति छाओस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।





