अजितकुमार झा
इनरुवा, २७ भदौ। सुनसरीका विभिन्न ठाउँमा विश्वकर्मा पुजा आउनका लागि केही दिन मात्र बाँकी रहेका बेलामा मुर्तिकार विश्वकर्माको मुर्ति बनाउनका लागि व्यस्त भएका छन् ।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवासहित बिभिन्न स्थानमा रहेका मुर्तिकार अहिले विश्वकर्मा पुजा लक्षित मुर्ति बनाउका लागि व्यस्त भएका हुन ।विश्वकर्मा पुजा आउनका ६ दिन बाकी रहेका बेलामा यसको कारोबारमा समेत बृद्धि भएको छ ।
माटोको कलात्मक विश्वकर्माको प्रतिक राखेर कल कारखाना तथा औजार र उपकरण कार्य गर्नेले आफ्नो घर वा पुजा गर्ने स्थलमा राखेर पुजा अर्चना गर्ने भएपछि मुर्तिको मांग बढेको हो । जिल्लामा अहिले विश्वकर्मा पुजा नजिक आएसगैं मुर्ति कलाकारलाई मुर्ति बनाउन भ्याईनभ्याई भएको छ ।
यहाँका कलाकारलाई विश्वकर्माको मुर्ति बनाउन भ्याईनभ्याई भएको छ भने मुर्ति किन्नेको भिड बढेपछि पुजाको चहलपहल बढेको मुर्तिकार विनोद यादवले बताउनुभयो । यहाँका विश्वकर्मा पुजा बिषेश उत्सवको रुपमा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहल पहल बढेको मिथलेश झाले बताउनुभयो ।
विश्वकर्मा पुजा लक्षित गरेर इनरुवाका मुर्तिकारले हजारौ मुर्ति निर्माण गरेका छन् । मुर्तिकारले २ हजार रुपँयादेखि ५ हजार रुपैयाँसम्मको कलात्मक मुर्ति बनाएर विक्रि गर्ने तयारीमा रहेको मुर्तिकार राजकुमार यादवले बताउनुभयो ।
इनरुवाका एक जना मुर्तिकारले मात्रै ३ जना सहयोगीको साथमा ५० देखि ८० वटा भन्दा बढी विश्वकर्माको मुर्ति निर्माण गर्नुभएको छ । उहाँको तयार भएका मुर्ति मध्ये ५० देखि ६० वटा सम्म मुर्ति विक्री भइसकेको छ । सुनसरीमा ५ हजारको संख्यामा विश्वकर्माको मुर्ति निर्माण र खरिदविक्रि हुने गरेको छ ।
मुर्तिको मांग बढेपछि मुल्य समेत बढेको स्थानीय उपभोक्ताले बताएका छन् । इनरुवामा मात्र ५ ठाउँमा विश्वकर्माको मुर्ति निर्माण गरेर विक्रि भइरहेको छ । यसरी विभिन्न समयमा मुर्तिकारले माटोको कलात्मक मुर्ति निर्माण गरि बार्षिक २ लाख देखि २ लाख ५० हजार रुपैयाँ सम्म आम्दनी गर्दै आएका छन ।
मुर्तिकारले गरेको कामलाई संरक्षण गर्न सके मुर्तिकार विभिन्न समस्या र चुनैतिको समाना गरेर निर्माण गरेको मुर्तिको उचित मुल्य पाउनुमा कुनै दुइ मत देखिदैन । त्यसैले सरकारले समेत मुर्तिकारलाई समय समयमा तालिम प्रदान गर्नु जरुरी रहेको स्थानीयवासीको माग रहेको छ ।
Discussion about this post