हरिनगरमा वडा दशैंको भव्य शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा मनाउने वडा दशैं, शुभ दिपावली, छठ, कर्माधर्मा एवम् ईद लगायत सम्पूर्ण पर्वहरुलाई एक साथ वडा दशैंको अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

वडा दशैं, शुभ दिपावली, छठ, कर्माधर्मा एवम् ईद लगायतको कार्यक्रमको प्रमुख अथिति सुनसरी क्षेत्र नं-४ प्रदेश (ख) बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य डा. इस्राइल मंसुरीले उद्घाटन गरेको हो ।

कार्यक्रममा वक्ताहरुले हरिनगर गाउँपालिकाले जहिले सामाजिक सद्भाव, एकता र भाईचाराको सम्बन्ध प्रगाढ रहेको सावित गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेकोमा शुभकामनासहित प्रशंसा गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य डा. इस्राइल मंसुरीले भने सबै मानव भएकोले एकले अर्कोलाई सम्मान गर्नुपर्ने र सद्भाव सहित एकताको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यैगरी कार्यक्रममा विशिष्ट अतिथि इनरुवा नगरपालिका प्रमुख तथा नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारीले सिमावर्ति क्षेत्रमा सभ्य र भव्य रुपमा कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथिहरु इनरुवाका उप-प्रमुख विनिता मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, हरिनगरका उपाध्यक्ष रिमझिम कुमारी भगत, देवानगंजका उपाध्यक्ष कुमारी विभा यादव, वर्जुका उपाध्यक्ष नितु कुमारी चौधरी, जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरिक्षक सुमन तिल्सिना, नेकपा ऐकिकृत समाजवादीका केन्द्रीय सदस्य महफुज आलम, नेपाली कांग्रेस जिल्ला

सदस्य हेमनारायण मेहता, नेकपा एमाले हरिनगरका अध्यक्ष दोरिकलाल साह, नेकपा माओवादी हरिनगरका अध्यक्ष सुरेश शर्मा, जनता समाजवादी पार्टी नेपाल हरिनगरका अध्यक्ष घर्मविर आर्य, लोसपा नेपाल हरिनगरका अध्यक्ष मोहरम अंसारी, जनमत पार्टी नेपालका अध्यक्ष कपलेश्वर यादव लगायतका रहनुभएको थियोे ।

त्यसैगरी कार्यक्रममा हरिनगरका ७ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य र सबै राजनीति दलका वडा सभापतिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा हरिनगर पालिका अन्तर्गतका सबै प्रहरी प्रमुखसहित प्रहरीहरुको सहभागी रहेका थिए।

कार्यक्रम संचालन कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर र शिक्षा शाखाका अजितकुमार मलिक्कले गरेको थियो भने कार्यक्रमको अध्यक्षता हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अंसारी रहनुभएको थियो ।

 

Related Posts