नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ र २ स्थित भुटाहामा हुन लागेको दुई दिने जलसा-ए-आमका सम्पूर्ण तयारी पुरा भएको छ।
कार्तिक २ र ३ गते हुने दुई दिने विशाल जलसा-ए-आम (धार्मिक प्रवचन ) कार्यक्रमलाई इस्लामी संघ नेपाल कोशी प्रदेशले आयोजना गरिएको हो।
इस्लामी संघ नेपाल कोशी प्रदेशले सुनसरीको हरिनगर गाउँपालिका-१ र २ स्थित अवस्थित रहेका जामअतुल् इस्लाह अल् इस्लामिया मदरसामा शुक्रबारदेखि सुरु हुने दुई दिने विशाल जलसा-ए-आम (धार्मिक प्रवचन) कार्यक्रम शनिबार राति सम्पन्न हुने आयोजकले जनाएका छन् ।
दुई दिने विशाल जलसा-ए-आम (धार्मिक प्रवचन) कार्यक्रम शुक्रबार बिहान ९ बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अथितियमा उद्घाटन हुने आयोजकले बताएको हो।
कुरआन र सुन्नततर्फ आउनुहोस् भने शिर्षकमा धार्मिक प्रवचन हुने प्रवचनमा मुस्लिम समुदायका मान्छेहरुलाई ईस्लामिक सरियत कानुन अनुसार हिड्न र ईस्लामिक सन्देश दिन वक्ताहरुले ईस्लाम धर्मको मुल्य मान्ता विपरीत कुनै पनि काम नगर्न प्रवचन दिने छन् ।
उक्त जलसा कार्यक्रममा पुरुष र महिला दुवैको सहभागी रहने छ तर महिलाहरुको लागि छुट्टै सुरक्षित पर्दासहितको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।