सुपारीको सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्छ: सभापति खान

काठमाडौँ,। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सुपारीलाई सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उनले सुपारीको सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

सभापति खानले उद्योग समितिले सुपारीको निर्यातका लागि सरकारलाई निर्देशन समेत दिइसकेको भन्दै कार्यान्वयन हुन नसकेको बताए । उनले अन्य बालीजस्तै सुपारी पनि कृषि उत्पादन भएको भन्दै यसको पनि निर्यात खोल्नुपर्नेमा जोड दिए । उनले निर्यात बन्द गरेर आयात मात्रै गर्ने हो भने देश समृद्ध हुन नसक्ने बताए । सुपारी निर्यात रोकेर समस्याको समाधान हुन नसक्ने उनको भनाई छ ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपालकी सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकी सदस्य रेखा यादवले सुपारी खेतीलाई सरकारले महत्त्व नदिएको किसानहरूको गुनासो रहेको बताइन् । उनले पनि सुपारी निर्यातको सम्बन्धमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सीता मिजारले उद्योग समितिले सुपारीको डिएनए परीक्षण गरेर भएपनि निर्यात गर्नु भनेर निर्देशन दिइसकेको भन्दै डिएनए गर्ने अवस्था छ, छैन भन्नेमा स्पष्ट हुनुपर्ने बताइन् ।

उनले प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको छुट्टाछुट्टै निर्देशनका कारण सरकारलाई कार्यान्वयनमा गाह्रो परेको भन्दै आवश्यक पर्दा संयुक्त रूपमा एउटै निर्देशन दिनुपर्ने उनले बताइन् ।

उनले सुपारी निर्यात सम्बन्धी विवाद लामो समयदेखि कायम रहेको भन्दै यसप्रति सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताइन्

Related Posts