इनरुवा,। सुनसरीको बर्जु गाउँपालिकाबाट गाँजासहित एक जना पक्राउ परेको छ । बर्जु गाँउपालिका-४ स्थितबाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका-४ बस्ने २० वर्षीय शंकर मण्डललाई २ सय ९५ किलो गाँजासहित नियन्त्रणमा लिएको हो ।
गाँजासहित पक्राउ परेका मण्डलको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।