झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदी १२ वर्षपछि पक्राउ

तस्बिर स्रोत: जिल्ला प्रहरी कार्यालय सुनसरी

इनरुवा,। सुनसरीको झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदी १२ वर्षपछि पक्राउ परेका छन् ।

झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर फरार भएका कैदी चन्द्रशेखर भन्ने विनायक यादवलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको हो ।

बिहीवार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ स्थित पथरचट्टानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

हतिहारसहित रहेका विनायकलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको उनले बताए । २०६५ वैशाख १६ गते सुनसरीको प्रकाशपुरका केशव कार्कीलाई गोली हानी हत्या गरेको अभियोगमा विनायक झुम्का कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन्।

उनीसहित अन्य ११ जनाले झुम्का कारागारको दक्षिणपट्टीको पर्खालको भित्री भागबाट सुरुङ खनेर फरार भएका थिए ।

 

Related Posts