इनरुवा,। सुनसरी सशस्त्र प्रहरी बल-४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल-४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएको वा नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो ।
टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए ।