हरिनगरामा अवस्था तनावग्रस्तपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीद्वारा ३ राउन्ड आश्रुग्यास प्रहार
नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिरनगर गाउँपालिका-४ स्थित टिपरले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्रीको घटना स्थलमै मृत्युु भएको छ।
हरिनगरा बजार नजिकै पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को १ ख ६४३१ नम्बरको टिपरले पुर्वबाट पश्चिमतर्फ जादै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा साईकलमा सवार गरेका झल्लु उराँवको मृत्यु भएको हो ।
मृत उराँव देवानगञ्ज गाउँपालिका-७ का ५५ वर्षीय झल्लु उराँव रहेको इलाका प्रहरी कार्यालय हरिनगराले जानकारी दिएको हो।
घटनापछि आक्रोशित स्थानीयहरुको भिडले टिपरमा ढुंगामुढा गर्दै आगजनी गर्न खोजदा प्रहरीले टिपरलाई आगजनीबाट बचाउ सफल भएतापि ढुंगामुढाले गर्दा टिपरमा क्षति भएका छन् ।
दुर्घटनापछि हरिनगर बजार क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीमाथि स्थानीय युवाहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले ३ राउन्ड आश्रुग्यास प्रहार समेत गरेका छन् ।
अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनामा संलग्न टिपरका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय सुनसरीले जनाएको छ ।