धरान,। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ९हर्क साम्पाङ०ले आइतबार संघीय मन्त्रालयलाई सम्बोधन गर्दै एउटा पत्र लेखे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्बोधन गरेर लेखेको पत्रमा उनले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका छन् ।
३४६२ चलानी नम्बर रहेको पत्रमा उल्लेख गरिएका भाषा शैली भने निकै ठाडो छ । राईको हस्ताक्षर भएको पत्रमा पहिल्यै प्रश्न गरिएको छ ।
संस्थागत रूपमा गरिएको परिपत्रको ब्यहोराले मेयर राईको स्वभाव झल्किएको देखिन्छ । ठाडो जवाफ दिन उद्दत राईले पत्रको पहिलो हरफमा भनेका छन्, ‘धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला रु यहाँका जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौन तुरुन्त पठाइदिनुपर्यो ।’
यो पत्रमा उल्लेख गरिएका वाक्यले मन्त्रालयका कर्मचारीसमेत चकित परेका छन् । मेयर राईले धराने जनता पनि नेपाली नागरिक नै हुन् भनेर पत्रका उल्लेख गरेका छन् । उनले धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिन अनुरोध छ भनेर पत्रमा उल्लेख गरेका छन् ।
‘उपमहानगरपालिका जस्तो संस्थाबाट संघीय मन्त्रालयलाई लेखेको ठाडो पत्रको ब्यहोरा हेर्दा त्यहाँ प्रमुख प्रशासकीय अधिकृत जान नमान्नुको एउटा कारण खुल्यो, अभिलेखमा रहने पत्रमा कस्तो भाषा लेख्ने भन्ने ज्ञान हुनुपर्ने हो, त्यहाँ कर्मचारीले पत्र लेख्छन् कि मेयर आफैंले लेख्छन् रु,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले लोकान्तरसँग भने ।
उपमहानगरपालिकामा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइन्छ ।
सहसचिव जान नमानेको अवस्था वा नभएको अवस्थामा उपसचिवलाई पठाइने गरिन्छ ।
मन्त्रालय स्रोतका अनुसार धरान उपमहानगरपालिकामा मेयर राईको स्वभाव र काम गर्ने शैलीका कारण लामो समय प्रमुख प्रशासकीय अधिकृत नटिक्ने गरेका छन् ।