इनरुवा जेसीज वर्ष २०२५ को अध्यक्षमा सत्य यादव चयन

नसीम अन्सारी
इनरुवा,। इनरुवा जेसीज वर्ष २०२५ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ । जेसीजको बुधबारबार भएको ४१औं अधिवेशनले सत्य यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जेसीजको नयाँ कार्यकारी उपाध्यक्षमा मिलन पौडेल र सचिन यादब, उपाध्यक्षमा राहुल शाह, आरिफ हुसेन, क्षितिज पोख्रेल र बिक्रम कुमार पौदार चयन भएका छन् ।

महासचिवमा सन्जय यादब, कोषाध्यक्षमा बिकास गुप्ता र कानूनी सल्लाहकारमा निश्चल कार्की चयन भएका छन् । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको इनरुवा जेसीज वर्ष २०२४ का अध्यक्ष बिकेश मेहताले जानकारी दिए ।

Related Posts