उदयपुरमा ब्रेक फेल भएर ट्रक दुर्घटना युवकको मृत्यु

सुनसरी,। उदयपुरमा ब्रेक फेल भएर ट्रक दुर्घटना हुँदा इटहरीका एक युवकको मृत्यु भएको छ । काठमाण्डौँबाट इटहरीतर्फ आउँदै गरेको बाग्मती प्रदेश–०१–००६ ख ५७४९ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा इटहरी उपमहानगरपालिका २ बस्ने २४ वर्षीय सुदीप राईको मृत्यु भएको हो । प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका वडा नं। ७ अधेरी स्थित मदन भण्डारी लोकमार्गमा शनिवार दिउँसो मालबाहक ट्रक दुर्घटना भएको हो ।

मालबाहक ट्रकमा चालक, सहचालक र अन्य एक गरी तीन जना सवार घाइते भएका थिए । घाइतेमध्ये सुदीपको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चालकसहित दुईजनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts