सुनसरी प्रहरीले २१ दिनमा २ सय ५८ फरार प्रतिवादी पक्राउ

इनरुवा,। जिल्ला प्रहरी कार्यालय सुनसरीले २१ दिनमा २ सय ५८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरीले विशेष अभियानै चलाएर २१ दिनको अवधिमा २ सय ५८ फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीको विशेष अभियानको रूपमा फैसला कार्यान्वयन, लागू औषध तस्करी र कारोबार नियन्त्रण तथा अवैध भन्सार चोरी निकासी नियन्त्रण गर्ने कार्यलाई प्राथमिकता दिएर प्रतिवादीलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतमा रहेका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट फरार रहेका विभिन्न स्थानका प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको तिमिल्सीनाले बताए । फरार प्रतिवादी पक्राउ अभियान जारी रहने र आगामी दिनमा समेत फैसला कार्यान्वयनलाई तीव्रता दिइने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

 

Related Posts