हरिनगरमा १५औं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिता शुरु

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा १५औं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिता शुरु भएको छ।

हरिनगर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको १५औं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिताको समुद्घाटन हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले रिवन काटेर गरेको हो।

त्यसगरि अध्यक्ष अन्सारीले राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिता अन्तरगत छात्र र छात्राहरुको ३ हजार मिटर दौड प्रतियोगितालाई सिटी फुकेर खेलकुदको आरम्भ गरेको थियो ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ १५औं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिता आजबाट शुरु भएको छ ।

हरिनगर गाउँपालिका-४ स्थित बासुकीनाथ शिव मन्दिर अगाडिबाट छात्र र छात्राहरुले ३ हजार मिटर दौड शुरुआत गरेर हरिनगर वडा नम्बर-४ र वडा नम्बर-२ भुटाहाको सिमासम्म पुगेर पुनः बासुकीनाथ शिव मन्दिर अगाडि पुगेको थियोे ।

हरिनगर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पौष २५ गतेदेखि ५ दिनसम्म चल्ने शिक्षा युवा तथा खेलकुद शाखाका सदस्य तथा खेलकुद संयोजक अजित कुमार मल्लिकले जानकारी दिनुभएको छ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अन्सारीले विद्यार्थीहरुको पहिलो दायित्व भनेको पढ्नुपर्ने रहेको बताउँदै शरीर र मस्तिस्कलाई स्वास्थ्य राख्न खेलकुद महत्वपूर्ण कडी भएको बताउनुभयो । विद्यालय स्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा समेत टेवा पुर्याउने उनले बताए ।

गाउँपालिका अध्यक्ष अन्सारीले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै पनि कसर नराख्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य कार्यपालिका सदस्य सुशील कुमार ठाकुर बालकृष्ण माविका प्रअ नजान अन्सारी, जनता माविका प्रअ लिलानाथ सिलवाल लगायत विभिन्न विद्यालयका प्रअ तथा शिक्षक र शिक्षिका एवम् विद्यार्थीहरुको सहभागीता रहेका थियो ।

Related Posts