भुटाहाको सार्वजनिक खेलमैदानमा व्यक्तिको रजाइँ, सरोकारवाल मौन

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहामा सार्वजनिक खेलमैदानमा व्यक्तिको रजाइँ रहेको छ।

हरिनगर गाउँपालिका-१ र २ भुटाहामा एक मात्रै सार्वजनिक खेलमैदान भएतापनि स्थानीय सरकारले अहिलेसम्म व्यवस्ति गर्न सकिएको छैन । हरिनगर गाउँपालिकाले खेलमैदानका केही भागमा वाल लगाएर घेरा गरेको बाहेक अरु केही गरेको छैन् ।

उक्त खेलमैदान नजिक बसोबास गर्न स्थानियवासीहरुले सार्वजनिक खेलमैदानमा पराल गौइठा घरको विभिन्न सामग्रीहरु राखेको हुँदा खेलाडीहरुलाई दैनिक खेलकुद गर्नमा समस्या भइरहेको स्थानीय खेलाडी खुर्दिद अन्सारीले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गरेर गुनासो व्यक्त गरेको हो।

अन्सारीले आफ्नो फेसबुकमा स्टाटस लेखेको म हरिनगर गाउँपालिका अध्यक्ष र हरिनगर-१ का वडा अध्यक्षलाई व्यक्तिगत साथै युथ स्टार स्पोर्ट्स क्लबबाट ध्यानाकर्षण गराएको छ।

अन्सारीले भने हरिनगर-१ का वडा अध्यक्ष प्रवीण प्रसाद गुप्तालाई बारम्बार आग्रह गरेर पनि खेलमैदानमा रहेका पराल गौइठा घरको विभिन्न सामग्रीहरु हटाउन कुनै पहल नगरेको आरोप समेत लगाएको छ।

स्थानीय सरकारलाई पटक-पटक अवगत गराएपनि हरिनगर-१ का वडा कार्यालय तथा वडा अध्यक्ष गुप्ताले केही पहल गरे जस्तो लागेन एउटा ब्यवस्थित खेलमैदान दिन नसके पनि कमतिमा भएको खेलमैदानलाई व्यवस्ति गरिदिन माग समेत गरेको छ।

Related Posts