भुटाहा,। सुनसरीको देवानगंज गाउँपालिकाबाट ३९ किलो गाँजा प्रहरीले बरामद गरेको छ भने एक जनालाई नियन्त्रणमा लिएको छ।
देवानगंज गाउँपालिका वडा नं-३ बस्ने अरबिन्द कुमार यादवको घरबाट २ वटा जेब्रा झोला र खाल्टो खनि ड्रम भित्र प्लाष्टिकमा प्याक गरी राखेको ३९ किलो २९० ग्राम अबैध गाँजासहित यादवको श्रीमति सोनी कुमारी यादवलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ।
विशेष सूचनाको अधारमा अरबिन्द कुमार यादवको घरमा प्रहरीले छापामारी गर्दा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।