चतरातर्फबाट गाँजा बोकेर इटहरीतर्फ जाँदै गरेको गाडीलाई प्रहरीले रोक्न खोजदा चालकले गाडी पेलर भागे

इनरुवा,। सुनसरीको चतरातर्फबाट गाँजा बोकेर इटहरीतर्फ जाँदै गरेको गाडीलाई प्रहरीले रोकन खोजदा गाडी चालकले गाडी पेलेर भागन सफल भएको थियो ।

चेकजाँचमा खटिएको प्रहरीलाई देख्न साथ गाडी पेलेर भगाएपछि पछ्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो । उक्त गाडीमा २ सय ३० केजी गाँजा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले इटहरी-१७ स्थित कान्छी चोकमा चतराबाट इटहरीतर्फ आउँदै गरेको बा २ च ३४६५ नम्बरको टाटा गाडीलाई रोक्न खोज्दा चालकले प्रहरीलाई पेलेर गाडी भगाएका थिए ।

पछ्याउने क्रममा भाटभटेनी नजिकै गाडी छाडेर चालक फरार भएका थिए । गाडीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर चेकजाँच गर्दा गाडीभित्र प्लास्टिकमा बेरिएको ८ पोका गाँजा फेला परेको हो ।

बरामद गरिएको गाँजाको तौल गर्दा दुई सय ३० केजी १५० ग्राम भएको र फरार चालकको खोजी जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । फरार सवारी चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Related Posts