देवानगंज सीमानाकाबाट सशस्त्र प्रहरीले १२५ र भारतीय प्रहरीले ७५ केजी गाँजा बरामद

गाँजाकाे फाइल तस्बिर

इनरुवा,। सुनसरीको देवानगञ्ज गाउँपालिका-४ स्थित दशगज्जा सीमानाका हुँदै भारततर्फ तस्करी गरिँदै गरिएको गाँजा बरामद गरिएको छ।

शस्त्र प्रहरी बल, कप्तानगञ्जका प्रहरी नायव उपरीक्षक बिरेन्द्र खनालको नेतृत्वमा खतिएका सशस्त्र प्रहरीले ५० केजी गाँजा नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा शस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा तस्करहरू गाडी छोडेर फरार भएका थिए।

सोही क्रममा नेपाल–भारत सीमामा गस्ती गरिरहेका शस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल एसएसबीले थप अनुसन्धान गर्दा ७५ केजी गाँजा शस्त्र प्रहरीले र ७५ केजी गाँजा भारतीय सुरक्षा बलले बरामद गरेका छन्।

फरार तस्करहरूको पहिचान गर्ने र लागुऔषध तस्करी रोक्न निगरानी थप कडा बनाउने प्रतिबद्धता सुरक्षाकर्मीहरूले जनाएका छन्।

Related Posts