काठमाडौं,। अहिले बजारमा रूख कटहर पाइन थालेको छ। यो तरकारी खाने कटहर हो। हाल भारतीय बजारबाट रूख कटहर भित्रिरहेको कालीमाटी तरकारी बजारका व्यवसायी कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
एकरदुई महिना भयो भारतबाट कटहर आउने थालेको,ु उनले भने। उनका अनुसार अहिले कालीमाटी बजारमा रूख कटहर प्रतिकिलो एक सय ४० देखि एक सय ५० रूपैयाँमा उपभोक्ताले किन्न पाउँछन्।
सिजन सुरू हुन थालेपछि भने भाउ सस्तो हुँदै जाने उनी बताउँछन्। चैतबाट तराई क्षेत्रका कटहर बजार आउन थाल्नेछन् भने वैशाख–जेठबाट पहाडी क्षेत्रका कटहर बजारमा आउन थाल्नेछन्।
पाकेको कटहर भने असार–साउनबाट बजारमा आउने छ। अहिले कालीमाटी बजारमा रूख कटहर थोक मूल्य प्रतिकिलो एक सय १० रूपैयाँदेखि एक सय २० रूपैयाँमा कारोबार भएको छ।