स्मृति राष्ट्रिय पुरस्कार अन्सारीलाई

काठमाडौं,। २०८१ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अधिवक्ता एवं मानव अधिकारकर्मी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ ।

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए । २०६२ सालमा स्थापित स्मृतिकेन्द्रले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

यसभन्दा अघि इतिहासविद् ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा। मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा. सुरेशराज शर्मा लगायतले उक्त पुरस्कार पाएका थिए ।

 

Related Posts